Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

इस्तानबुलको नाइट क्लबमा आक्रमण गर्ने पक्राउ

माघ, काठमाडौं । न्यू इयर इभमा ३९ जनाको ज्यान जाने गरी इस्तानबुलको एक नाइट क्लबमा भएको आक्रमणको मुख्य संदिग्ध गिरफ्तार भएका छन् ।

रेना क्लबमा अब्दुलकादिर माशारिपोवले आक्रमण गरेको मानिएको थियो । यो आक्रमणमा मारिनेमा इजरायल, फ्रान्स, ट्युनिशिया, लेबनान, भारत, बेल्जियम, जोर्डन र साउदी अरबका नागरिक पनि थिए ।

माशारिपोवलाई एसनयुर्त जिल्लाबाट पक्राउ गरिएको टर्कीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो घटनाको जिम्मेवारी आईएसले लिएको थियो । सिरियामा भएको सैन्य हस्तक्षेपको बदला लिन आक्रमण गरेको उसले बताएको थियो ।
अनलाइनखबर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x