prabhu

माघी र महिला

उन्नती चौधरी
“गंगा लहाए सब कुछ पाए, कुँवा लहाए थोर थार पाए, नल्का लहाए कुछ ना पाए” ९नदिमा नुहाए सोचेको सबै प्राप्त हुने, ईनारमा नुहाए केही मात्रमा प्राप्त हुने र धारामा नुहाए केही पनि नपाउने० भन्ने उखान माघीले थारुहरूको ईतिहासलाई हालसम्म पनि जोईराखेको छ ।

माघीको आफ्नो विशेषता छ । माघी आउन साथ थारु समुदायका युवादेखि बुढापाखाहरूको अनुहारमा चमक छाएको हुन्छ । विदेशीएका थारु युवाहरू माघी नजिकिदै गर्दा फेसबुक ट्वीटर मार्फत सम्झनाका तरेलीहरू प्स्कने गर्दछन् । पौष महिना लाग्ने वित्तिकै थारु समुदायका घरहरू रगिंने, विबाहित चेलीहरूको ओठमा एकाएक मुस्कान छाउने गरिन्छ । वर्ष भरि श्रीमानको घरमा विताएका तिता मिठापलहरू माईत गएर साथी संगीहरूसंग भलाकुसारी गर्ने अवसरलाई सम्झदा जो कोहीलाई पनि खुशी त लाग्छ नै । त्यो पल थारु समुदायका युवतिहरूको अनुहारमा प्रस्त देखिन सकिन्छ । उनीहरू हरेक दिन कोईलाले घरको भित्तामा धर्सा कोर्दै पौष १५ गएको अत्तो पत्तो हुदैन एका एक पौष मसान्तको आगमनमा रमाउदै माईती तिर लाग्छन् ।

पौष मसान्तको दिन माईति आएका चेलीहरूदेखि गाउँमा रहेका चेली, बुहारी सबै भलाकुसारी गर्दै नजिकको खोला, नदि, तलाउमा रमाउदै माछा मार्न जान्छन् । माछा मार्ने त एउटा बहान हुन्छ । त्यो जमघटमा महिनौ दिनसम्म मनमा गुम्सिएका कुराहरू साथी संगीहरूसंग सातसाट गर्ने गर्दछन् । हास्दै, खेल्दै रमाईलो गर्दै माछा मार्छन् र साँझा सबै आ आफ्नो घर तिर लाग्छन् ।

घर आउदा सबैको घर घरमा बंगुर, सुंगुरको मासु पाकेको हुन्छ । सबैको घरमा चामलको रक्सी, जारको झोल तयारी अवस्थामा हुन्छ । कोही कोही त अन्दीको चामलको रक्सी बनाउने गर्दछन् । गाउँ भरिका मान्छे एकले अर्काको घरमा पालै पालो गरि तयारी अवस्थामा रहेको खाने कुरा खान्छन् र रमाईलो गर्दछन् ।

माघ महिना थारु समुदायका लागि विशेष महिना हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले यो महिना अन्य महिनाको भन्दा बढी महत्व राख्छ । माघ १ गतेलाई सबै नेपाली समुदायले माघे–संक्रान्तिको रूपमा मनाउने गर्छन् । थारु समुदायको लागि त माघ पुरै महिना विशेष हुन्छ । त्यसैले माघी पर्वलाई थारुले नयाँ वर्षको रूपमा मनाउँछन् । माघ १ गते थारु परिवारका सबै सदस्यले नदी, खोला, तलाउ, कुवा वा पायकपर्ने जलाशयमा गएर अनिवार्यरूपमा स्नानगर्ने गर्छन् । यसरी नुहाउने प्रचलनलाई थारुमा ‘माघी लहान’ भन्ने गरिन्छ ।

माघी लहानलाई विशेष बनाउन थारुहरू पुसको अन्तिम दिन रातभर जाग्राम बस्ने गर्छन् जुनबेला थारु महिलाको ठूलो भूमिका हुन्छ । पुरुष रात भरि डफ लिएर, धमार र डम्फु बजाएर गीत गाउने गर्छन् भने महिला खानपीनको परिकार जस्तैः ढिक्री, खेरिया, अन्दीको भात, तरुल, गैजी पकाएर जाग्रम बस्नेलाई साथ दिदै रक्सी बनाउने काम पनि गर्छन् । त्यो दिन पुरुष मात्र होईन महिलाहरू पनि खुले रमाइलो गर्ने गर्दछन् । जब भाले बास्छ अनि घरका सदस्यहरू सामूहिकरूपले नुहाउन जलाशयतिर गीत गाउँदै प्रस्थान गर्छन् ।

जलाशयतिर जानु अगाडि घरमूलीले स्नान गर्नजाने सबै सदस्यलाई पैसाको सिक्का बाँड्ने प्रचलन छ । पानीमा डुबुल्की मार्नुअघि नै जलदेवतालाई सो सिक्का चढाएर मात्र स्नान गर्छन् । वर्षमा एकदिन पानी खरिद गरी स्नान गर्नाले जलदेवता खुशी हुने र मागेको फल प्राप्त हुने विश्वास छ ।

माघीमा थारुहरूले गच्छेअनुसारको दान गर्छन् । शुद्ध जलाशयमा स्नान गरेपछि घरमा उत्पादित अन्न, चामल, दाल, बजारबाट खरिद गरिएको नुन, नगद, जिन्सी तथा लत्ताकपडाका सामानहरू विवाह गरी गएका चेलीबेटीलाई प्रदान गरिन्छ । यसरी छुट्याइएको दानरूपी उपहार सामग्रीलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघी पर्वमा माइती बोलाइएका विवाहिता चेलीबेटीलाई त्यही निसराउ उपहारको रूपमा दिएर घर पठाउने प्रचलन छ । उपहारका लागि छुट्याइएको निसराउ चेलीबेटीलाई अनिवार्यरूपले दिनुपर्छ । दान नदिएर घरमै प्रयोग गरेमा त्यसले पाप र अशुभ हुने मानिन्छ ।

माघीमा थारु महिलाः

थारु समुदायले परापूर्वकालदेखि लोकतान्त्रिक प्रक्रियाको अङ्गीकार गर्दै आएको छ । घरको नेतृत्वकर्ता घरमुली हुन्छ । गाउँको नेतृत्वकर्ता बरघर हुन्छ । गाउँभरिको सूचना प्रवाहकर्तालाई चिरक्या भनिन्छ । हुलाकीको कामगर्ने चौकीदार हुन्छ । घरदेवता चलाउने घरगुरुवा हुन्छ । गाउँभरिको देवता हेर्ने केसौका, बड्का गुरुवा हुन्छ । धेरै गाउँको देवता हेर्ने देशबन्ध्या हुन्छ । फलामको काम गर्ने, कपडा सिलाई गर्ने सबैको जिम्मेवारी तोकिन्छ । पाएको जिम्मेवारीअनुसार सबैले भूमिका निर्वाह गर्नुपर्छ । जिम्मेवारी गरेअनुसारको सबैको वार्षिक पारिश्रमिक तोकिएको हुन्छ । कोही नगदमा लिन्छ त कसैले अन्न लिनेगर्छ । सो नेतृत्व चयनमा महिलाहरूको पूर्ण सहभागिता हुने गर्दछ । पछिल्लो चराणमा महिलाहरूले पनि बदघर, भलमन्सा जस्ता नेतृत्व समाल्दै आएका छन् ।

माथि उल्लेखित यी सबै पदका लागि सामूहिक निर्णय अनिवार्य हुन्छ । सकेसम्म व्यक्तिको सक्रियता र परिपक्वता हेरी सर्बसम्मत उम्मेदवार छानिन्छ । त्यो सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गर्ने वा गोलाप्रथाबाट पनि टुङ्ग्याउने प्रचलन छ । जिम्मेवारी दिँंदा महिला र पुरुषलाई बरावरी मूल्याङ्कन गरिन्छ । महिलाले घरको जिम्मेवारी, गाउँको जिम्मेवारी लिन तयार हुन्छ भने महिलाले पाउँछ । कुनै घरको घरमुली महिला हुन्छ, कुनै घरको पुरुष । कुनै गाउँको बरघर महिला हुन्छ भने कुनै गाउँको पुरुष । कुनै गाउँको बरघर गैरथारु भएको पनि उदाहरण छ । गाउँको भेला र सामूहिक छलफलले जे निर्णय गर्छ, त्यही सबैलाई मान्य हुन्छ । अरु बेला बोल्न नसक्ने महिलाहरू माघीमा निर्धकक भएर बोल्न सक्छन् । गाउँको हरेक काम कार्बाहीको समिक्षा गर्छन् ।

माघीले थारु महिलामा खुशी मात्र ल्याउदैन दुखका क्षणहरू पनि अनगन्ती छन् । वर्ष भरि मालिकको घरमा बसेका चेलीहरूको ओठमा पनि मुस्कान छाएर आउथ्यो । पौष महिना लाग्ने वित्तिकै कसैको अनुहार गमलामा ढकमक्क फुलेको फूल झै उज्यालो हुन्छ भने । कसै कसैको अनुहार कालो बादल मडारिएर आए जस्तै अध्यारो हुन्छ । किनकी माघ १ गते थारु समुदायको नयाँ वर्षकै रुपमा मनाउदै आएका छन् । माघ १ गते खाएर पीएर रमाईलो गर्ने चलन भए पनि माघ महिनाको बाँकी दिन कमैया बसेकाहरू मालिकको घर छोड्ने, कोही कमैया बस्नु परे नयाँ मालिकको घर जोडिने, कमलहरीहरूको हकमा पनि त्यही हो । तर पछिल्लो चरणमा कमलहरी प्रर्था अन्त्यको लागि कमलहरीलाई मुक्त घोषणा गरियो ।

२०७२ सालको तथ्यांक हेर्ने हो भने हाल सम्म पनि १३ हजार १ सय ५६ कमलहरी मध्ये ४ सय २४ जना कमलहरीलाई मुक्तगर्न बाँकी रहेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ । उक्त तथ्यांकमा दांगमा ५ हजार २ सय २६ कमलहरी मध्ये ९२ जना मुक्त हुन बाँकी, बाँकेमा ५ सय ८३ मध्ये ६४ जना बाँकी, बर्दियामा २ हजार ६ सय ३७ मध्ये ८६ बाँकी, कैलालीमा ३ हजार ४ सय ३३ मध्ये १ सय २२ बाँकी र कञ्चनपुरमा १ हजार २ सय ४० मध्ये ६० जना मुक्त हुन बाँकी रहेको देखिन्छ यो घटनाले माघी आउन साथ थारु महिलाहरूको उज्यालो छाएको अनुहार एकाएक मलिन हुनु स्वभाविक पनि हो । त्यति मात्र होईन ।

थारु महिलालाई अर्को घटनाले झन् मन दुखाईरहेको हुन्छ । मलिकको घरमा कमलहरी बसेकै अवस्थामा चौमाला गा।बि।स वडा नं ८ डैडवारी मुक्त कमैया वस्तीका मुघी चौधरीको काठमाडौमै मालिकको घरमा मटीतेल खन्याई आत्महत्या भएको घटना, धनगढी कैलाली घर भएकी उर्मिला राना धनगढीस्थित प्रकाश बिष्टको घरमा कमलहरी बसेकै अवस्थामा झुण्डिएर आत्म हत्या भएको घटना र दा¨ लालमटीया घर भएकी सृजना चौधरीको काठमाडौ ललितपुरको चाकुपाटमा इन्जीनियर युवराज पौडेलको घरमा मटीतेल हालेर मृत्युको घटनाले माघि आउन साथ थारु महिलाको मन भक्कानिएर आउछ ।

पछिल्लो चरणको राजनीतिक अवस्थाले थारु महिलाहरू आफ्नो ईतिहासलाई सम्झदै फेरीपनि थारु महिलाहरू मालिकको घरमा कमैया कमलहरी त बस्नु पर्दैन भनि चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आईसकेको छ । त्यसैले त होला थारु महिलाहरू सांस्कृति जोगाउनकोलागि ज्यान फाल्न तयार हुन्छ । स्मरण रहेस् २०७३ साल अर्थात थारु सम्बत २६४० को माघीले थारु पहिचान बचाउनको लागि महिला मात्र होईन । अबको युवा पुस्ता जुरमुराउनै पर्छ । होईन भने फेरीपनि हामी आफ्नो चेलीलाई मालिकको घरमा कमलहरीको रुपमा कैदी बनाउने दिन नआउला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *