Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अब थारुको लडाई टुडिखेलमा, एउटै मैदानमा दुईटा महोत्सव (

अब थारुको लडाई टुडिखेलमा, एउटै मैदानमा दुईटा महोत्सव (

काठमाडौं, २४ पुस । काठमाडौं उपत्यकामा विभिन्न ठाउँबाट बसोबास गर्ने थारु समुदायले यसवर्ष काठमाडौंको टुँडी खेलमा माघी महोत्सव २०७३ को भव्य तयारी भईरहेको छ । थारु समुदायको मुद्धा उठान गर्ने संस्था थारु कल्याणकारिणी सभा उपत्यका समिति र थारु विद्यार्थी समाजले एउटै मैदान टुडिखेलमा अलग अलग महोत्सवको आयोजना गरि तयारीमा जुटेका छन् ।

थारु कल्याणकारिणी सभामा पश्चिमा थारुहरुलाई बाईपास गरेको भन्दै लामो समयदेखि संस्थामा आन्तरिक विवाद चर्किए पनि यसअघि काठमाडौंमा एक ठाउँमा माघी महोत्सव मनाइदै आएका थिए ।
महोत्सवमा विद्यार्थीले संयोजन गरेकोे महोत्सवमा पश्चिमा थारुको वर्चस्व रहेको छ भने सभाले संयोजन गरेको महोत्सवमा पूर्वीया थारुको वढी वर्चस्य रहेको देखिएको छ ।
अघिल्लो वर्ष २०७२ मा पनि काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव भएको थियो । गतवर्ष एउटा माघी महोत्सव खुलामञ्चमा थियो भने अर्को महोत्सव दशरथ रंगशालामा थियो । यसवर्ष भने टुँडीखेलमै दुईवटा थारु माघी महोत्सव हुनेभएको छ ।
महोत्सव एकै ठाउँमा गर्न चौतर्फी दवाव आएपनि आयोजकको मनमुताव र तिक्तताकाकारण दुई ठाउँमा हुने निश्चित भएको हो ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिको संयोजकत्वमा हुने राष्ट्रिय माघी महोत्सवको उद्घाटन उपप्रधानमन्त्री विमलेन्द्र निधीले गर्ने भएका छन् भने थारु विद्यार्थी समाजको संयोजकत्वमा हुने थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्तीमगरले गर्ने बताइएको छ ।
विद्यार्थीका संयोजक चन्द्र चौधरीका अनुसार महोत्सवमा ८० वटा स्टल रहनेछन् । शुक्रबारसम्म ७० वटा स्थल बुकिङ भैसकेको छ । सो पक्षकाले महोत्सवको पूर्वसन्ध्यामा २८ गते मोटरसाईकल ¥याली, २९ गते रक्तदान, अन्तरक्रिया, जिता मार्ने र सांस्कृतिक कार्यक्रम गर्ने तथा माघ १ गते महोत्सवको उद्घाटन कार्यक्रम गर्नेतयारी भएको चौधरीले बताए ।
ज्ञमडबामछद्धमाटमठद्दभदमढण्भछदटघढडभभबघघअ

तर थारु कल्याणकारिणी सभाका संयोजक सुमन चौधरीका अनुसार २७ गते माघीबारे पत्रकार सम्मेलन गर्ने, २९ गते मोटरसाईकल ¥याली गर्ने र १ गते महोत्सवको उद्घाटन गर्ने तयारी रहेको बताए । दुवै पक्षको महोत्सव एकै प्राङ्गणमा हुने भएपछि अवलोकनकर्तालाई सहज हुनेदेखिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारसम्मको सहभागिता हुने आयोजकले बताएका छन् । महोत्सवमा खेलजगतमा उत्कृष्ट प्रदर्शन गर्ने थारु खेलाडीहरुलाई सम्मान गर्ने तयारी गरिएको छ । त्यस्तै, महोत्सवमा थारु झाँकी, नृत्य प्रदर्शनकासाथै थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x