Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुलुङ जातिको चाक्चाकुर पर्व सुरु

सोलुखुम्बु, पुस १५ गते । सोलुखुम्बुको महाकुलुङ क्षेत्रका रुपमा परिचित एवम् कुलुङको उत्पति स्थलका रुपमा चिनिने बुङ, छेस्काम र गुदेल गाविसमा बसोबास गर्ने कुलुङको महान् चाड चाक्चाकुर ‘एलेदोङ ५०७७’ आजदेखि सुरु भएको छ ।

हरेक वर्ष पुस महिनाको १५, १६ र १७ गते गरी तीन दिनसम्म मनाइँदै आएको चाक्चाकुर पर्व यस वर्ष पनि जिल्लाको बुङ, छेस्काम तथा गुदेलमा रहेका कुलुङले धुमधामसँग मनाइँदै छ । आजदेखि सुरु भएको पर्व १८ गते साँझ आपसमा शुभकामना आदानप्रदानका साथ सम्पन्न हुने कुलुङ विद्यार्थी सङ्घ सोलुखुम्बुका अध्यक्ष विवस कुलुङले जानकारी दिनुभयो ।

चाक्चाकुर पर्वका अवसरमा जिल्लाको बुङ, छेस्काम र गुदेलका विभिन्न टोलमा साङ्गीतिक कार्यक्रमका साथमा विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गरिएका छन् । हिन्दूको दसँै जस्तै महत्व बोकेको सो पर्वमा कुलुङले टीका लगाएर मान्यजनबाट आशीर्वाद लिएर मनाउने गर्छन् ।

यो पर्व सोलुखुम्बुसँगै सङ्खुवासभा, इलाम, झापा, भोजपुर, काठमाडौँलगायत देशका २६ जिल्लामा बसोबास गर्ने कुलुङले मनाउँछन् । कुलुङ भाषामा पुस महिनालाई चाक्चाकुर भनिन्छ । विसं २०६४ देखि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घको पहलमा कुलुङ समुदायले चाक्चाकुर मनाउन सुरु गरेको हो । यस वर्ष विशेषगरी आफूहरुको भाषा, संस्कति तथा संस्कार संरक्षणका लागि के गर्न सकिन्छ भन्ने विषयमा बढी छलफल भएको र पुरानो संस्कृति अनुसारकै विभिन्न कार्यक्रम गरी यो मनाउने निर्णय लिइएको गुदेलका भक्त कुलुङले जानकारी दिनुभयो । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x