Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना

गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना

पूर्ण प्रसाद चौलागाई २०६३ माघ ३ काठमाडौं ।  हुम्लाको डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२र०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको छन् । सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम खाने गाविस सचिव रामप्रसाद देवकोटा हुन् । उनले हिनामिना गरेको रकम फिर्ताको साथै गाउँ परिषद् सञ्चालन गर्न जिल्ला विकास समितिले पटक पटक ताकेता गर्दा पनि सचिव देवकोटाले टेर पुच्छर लगाएका छैनन् ।

सचिव देवकोटा गाविसमा समेत उपस्थित नभएपछि आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाको संयोजकत्वमा गाएको टोलीले समेत गाउँ परिषद् सञ्चालनको लागि सहमतिमा जुटाउन सकेन । सामाजिक सुरुक्षा भता वितरण नगरि सचिव देवकोटाले हिनामिना गरेको रकमका हिसाब खाता नहुँदासम्म परिषद् स्थगित भएको छ । हिनामिना भएको रकम गाविसमा नबुझाउँदासम्म परिषद् नगर्ने स्थानीयबासीको अडान छ ।

सोमबार सिमकोट गाविस सचिव धर्मराज रोकाय र सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद सिटौला र जिल्ला विकास समितिबाट रामप्रसाद अधिकारीको सहभागितामा परिषद् सञ्चालन गर्ने भनिएता सहमति हुन सकेन ।

डाँडाफायाँ गाविस निवासी केश शाहीका अनुसार गाविसमा जाने रकम अनियमितता गरेको बारे बारम्बार कुरा उठाउदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दै आएको थियो । हिनामिना रकमबारे छानबिन समिति गठन गर्दा पनि जिल्ला विकास समितिले सुनुवाइ नगरेको शाहीले बताइन् । सोही गाउँका दीपबहादुर शाहीले सचिव देवकोटाले गरेको हिनामिना रकममा कुरा नमिल्दा परिषद् रोकिएको बताए ।

गाउँ परिषद् सञ्चालनलाई सहज वातावरण बनाउन भन्दै डाँडाफया पुगेका सहायक प्रमुख अधिकारी सिटौलाका अनुसार हरेक वर्ष हुम्ला जिल्लाका कतिपय गाविसमा जाने सामाजिक सुरक्षा भता गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना गर्छन् । यस पटक भने जिल्ला विकास समिति भने यसपटक ताकेता लगाएको छ । गाविस सचिवहरुले रकम हिनामिना गर्दै आएको सिटौलाले स्वीकार गरेका छन् ।

स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीले रकम हिनामिना गरेको पाइए कानुनअनुसार कारवाही गर्ने बताउँछन् । तत्कालिन गाविस सचिव देवकोटकै पालको रकम अनियमिता देखिएको भन्ने गुनासो आएको जोशीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x