Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धनगढी जेसिसको पदस्थापन सम्पन्न

धनगढी जेसिसको पदस्थापन सम्पन्न

धनगढी,२३ पुस

धनगढी जेसिसको ३४ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह शनिबार धनगढीमा सम्पन्न भएको छ । धनगढी जेसिस बर्ष २०१६ का अध्यक्ष हेमराज ओझाले २०१७ का अध्यक्ष टेकराज पनेरुलाई पद हस्तान्तरण गरेका छन् । कार्यक्रममा सांसद पुष्करनाथ ओझा प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा लोकेन्द्र मोहन युवा बर्ष सम्मान २०१६ सहजपुरमा ब्यबसायीक च्याउ खेती गर्ने फारवेष्ट एग्रो फर्मका संचालक मनोज पडाललाई प्रदान गरिएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथी पुष्करनाथ ओझाले नगद ५ हजार सहित सम्मान गरेका हुन । यसैगरी ‘उत्कृष्ट जेसी अफ द ईयर २०१६’ ले लोकेन्द्र पनेरु सम्मानित भएका छन् । धनगढी जेसिसका कार्यकारी उपाध्यक्ष नरेश धामीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको संचालन महासचिब यज्ञराज ओझाले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x