Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै

काठमाडौं, ५ मंसिर । वैदेशिक रोजगारीमा भएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वैदेशिक राजगार बचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर १० गते वैदेशिक रोजगार बचतपत्र २०७९ क निष्कासन भने भएको छ ।

वार्षिक १० प्रतिशतको ब्याजदर रहेको ५० करोड रुपैयाँको बचतपत्र राष्ट्र बैंकले निष्कासन गर्दैछ । यस बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रुपमा व्याज भुक्तानी पाउनेछन् । न्युनतम पाँच हजार रुपैयाँ देखी अधिकतम पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

यस बचतपत्रमा विदेशीमा रोजगारी गरि रहेका, नेपाल फर्केको ४ महिना नबितेको र गैर आवासिय नेपाली र तिनका परिवारहरुले लगानी गर्न पाउने राष्ट्र बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस बचतपत्रको अवधि ५ वर्षको हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x