Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रिलायन्स लाइफमा प्रविणरमण पराजुली

रिलायन्स लाइफमा प्रविणरमण पराजुली

काठमाडौं, ५ मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुलीलाई नियुक्त गरिएको छ । पराजुली कम्पनीको आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

प्रविणरमण पराजुली हाल नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स मंसिर १ गतेबाट संचालनमा आएको जीवन वीमा कम्पनी हो । वीमा समितिले कम्पनीलाई कार्तिक २६ गते संचालनको अनुमति दिएको थियो । कम्पनीको हाल १ अर्ब ४७ करोड रुपैयाँ पुँजी रहेको छ । यस्तै कम्पनीले सर्वसाधारणहरुलाई ६३ करोड रुपैयाँ प्राथमिक शेयर निष्कासन गर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x