Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सम्भावित समस्या आँकलन गर्न नसक्दाको परिणाम हो : दाहाल

सम्भावित समस्या आँकलन गर्न नसक्दाको परिणाम हो : दाहाल

(भुवन दाहाल, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक)

पहिलो त्रैमासमा बैंकहरुको नाफा तीन प्रतिशतमा सीमित भएको छ ?

गत वर्षको तेश्रो तैमासदेखि बैंकहरुको ऋण लगानी घट्यो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकहरुले आफ्नो क्षमताले भ्याएसम्म ऋणविस्तार गरिसकेका थिए भने सोही अनुसार निक्षेप संकलन हुन नसक्दा बैंकहरुको लगानी गर्ने क्षमतामा ह्रास आयो । जसका कारण बैंकहरुको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानीमा असर पर्न गाये । त्यसको परिणाम यस वर्ष देखिएको छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा गएको ऋणको ५० प्रतिशत कर्जा निक्षेप अनुपातमा गणना गर्नुनपर्ने व्यवस्था पनि असोज मसान्तबाट समाप्त भएकाले बैंकहरुलाई चालु आर्थिक वर्षमा कर्जा विस्तार भन्दा पनि ८० प्रतिशत कर्जा निक्षेप अनुपात कायम राख्न नै दबाब परेको देखियो ।

दोस्रो त्रैमासमा केही सुधारको अपेक्षा गर्न सकिन्छ ?
केही बैंकहरुको आधार ब्याजदर क्रमशः कम हुँदैछ । निक्षेपको ब्याजदर पनि क्रमशः घट्दैछ । त्यसले गर्दा केही सुधार हुने अपेक्षा त गर्न सकिन्छ तर पनि धेरै बैंकहरुले गत वर्षदेखि स्वीकार गरेको मुद्दति र विशेष खालका निक्षेप योजनामा ब्याजदर उच्च हुँदा बैंकहरुलाई त्यति सहज भने छैन ।

राष्ट्र बैंकले चार गुणा पुँजी वृद्धि गर्दा बैंकहरुको ऋण दिने क्षमता वृद्धि हुन्छ, प्रतिस्पर्धा उच्च हुन्छ भन्ने अपेक्षा गरेको थियो तर त्यो त विपरित देखियो नि ?

यी सबै विषय हाम्रो अर्थतन्त्र, यसको आकार र आर्थिक वृद्धिदर आदिसँग निहीत हुन्छन् । केन्द्रीय बैंकले वित्तिय स्थायित्वका लागि पुँजी वृद्धिसम्बन्धि नियम ल्याएको हो भन्ने मलाई लाग्छ । यसले बैंक वित्तिय संस्थाहरुको कन्सोलिडेसन ९मर्जर, एक्विजिसन० का लागि मद्दत पनि गरेको छ । अहिलेको परिणाम त गत वर्षकै समस्याको कारण हो । बैंकरहरुले आक्रामक ऋण विस्तार गर्दा निक्षेपको स्रोत विस्तार बारे पनि सोचिदिएको भए अहिलेको समस्या सिर्जना हुने थिएन । यद्यपि पुँजी विस्तार पछि पनि पहिलेकै दरमा नाफा वृद्धि गर्छु भन्ने सोचले पनि बजारमा केही अस्वस्थ प्रतिस्पर्धा सिर्जना भयो । यद्यपि अब उनीहरु संयमित देखिएका छन् र अब क्रमशः सुधारको अपेक्ष ा गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x