Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुदुरपश्चिम क्षेत्रिय महोत्सब तयारी तिब्र

सुदुरपश्चिम क्षेत्रिय महोत्सब  तयारी तिब्र

अत्तरिया , २1 पुस ।
पहिलो पटक अत्तरियामा क्षेत्रिय महोत्सवका रुपमा आगामी पुस २७ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने भएको छ । अत्तरिया उद्योग बाणिज्य संघले दोस्रो पटक आयोजना गर्न लागेको महोत्सब स्थल लामीताल सरसफाई गरिएको छ भने तालसँगै जोडिएको खुला क्षेत्रमा समेत स्वागतद्धार लगायत स्टल र मञ्च निर्माणको काम तिब्र गतिमा भईरहेको छ । समबृद्ध सुदुरपश्चिमको आधार कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आउदो पौष २७ गतेदेखि कैलालीको अत्तरियामा सुरु हुने सुदुरपश्चिमाञ्चल क्षेत्रिय महोत्सब २०७३ को तयारी तिब्र बनाईएको छ ।

त्यसै गरि महोत्सबलाई लक्षित गर्दे अत्तरिया चौराहमा रड।रोगन तथा सरसफाई र सिगार्ने काम भईरहेकको छ । अत्तरिया बजारका चारैतर्फ स्वागत गेट निर्माणका काम भईरहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले बताए ।

महोत्सवमा लामितालको प्रचार–प्रसार र यस क्षेत्रको स्थानीय उत्पादनलाई विशेष प्रदर्शनी, जडिबुटी र स्थानीय खानपानका परिकारहरुलाई महोत्सवले समेट्ने आयोजकले जनाएको छ । महोत्सबलाई ब्यबस्थित रुपमा सम्पन्न गर्न बिभिन्न समिती तथा उप समिती मार्फत काम भईरहेको र हाल सम्म करिब ७० प्रतिशत काम सम्पन्न भई सकेको तथा स्टल बुकिड। लगायतका कामलाई तिब्र बनाईएको संघका महासचिब अशोकराज देबकोटाले बताए ।
महोत्सवमा दर्शकहरुको मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकार, सुदुरपश्चिमका चर्चित कलाकारहरुसंगै यस क्षेत्रका डान्स क्लब, विद्यालयहरुका सांगीतिक , सांस्कृतिक प्रस्तुती रहने भएका छन् । १ सय ६० ओटा स्टलहरु रहने महोत्सवमा रेसलिंग प्रतियोगिता, राउटे समुदायकको स्टल समेत रहने जनाईएको छ ।
महोत्सवलाई करिब २ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने र करिब ३ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
अघिल्लो बर्षको भन्दा केहि फरक तबरले सञ्चालन गर्न लागिएको यस महोत्सवमा स्वास्थ्यका लागि खेलकुल भन्दै महोत्सब स्थलमा नै रेसलिङ्ग, राउटे जातीहरुको विशेष पहिचान झल्कने कार्यक्रम र मनोरञ्जन तथा प्रर्यटन प्रबृद्धनका लागि महोत्सब स्थल सगँ जोडीएको लामीतालमा थप डुङगाको व्यवस्था गरिएको संघले जनाएको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीहरुलाई ३० रुपैया र अन्य सर्वसाधारणलाई ५० रुपैया टिकटको मूल्य कायम गरिएको छ । महोत्सवको वन तथा भु संरक्षण राज्यमन्त्री दिर्घराज भाटले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
(

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x