Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

२५ प्रतिशत हकप्रद निष्कासनको लागि गण्डकी विकास बैंकले पायो स्विकृति

२५ प्रतिशत हकप्रद निष्कासनको लागि गण्डकी विकास बैंकले पायो स्विकृति

काठमाडौं, ४ मंसिर । नेपाल धितोपत्र बोर्डले गण्डकी विकास बैंकलाई हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको छ । बैंकले ४ बराबर १ कित्ता अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

गण्डकी विकास बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४६ करोड ९ लाख ८१ हजार पाँच सय रुपैयाँ बराबरको ४६ लाख ८ हजार ८१५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । फेवा फाइनान्ससंग मर्जर गरेर गण्डकी विकास बैंक भएको हो । मर्जर पछिको बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । बैंकले जारी गर्ने २५ प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्ने छ । यता केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुग्ने २० करोड रुपैयाँले अपुग हुन्छ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ ।

बैंकले हकप्रद शेयर निष्कासनको लागि इक्रा नेपालबाट ग्रेड ३ को मापन पाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x