Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मोबाइलमा वान, टू, थ्री, फोर र पाइभ जी- के हो यसको अर्थ ?

मोबाइलमा वान, टू, थ्री, फोर र पाइभ जी- के हो यसको अर्थ ?

मोबाइल नेटवर्कको क्षेत्रमा वान जी को सुरुवात १९९१ मा भयो । यो नेटवर्कमा केवल फोन कल मात्र हुन्थ्यो र यो नेटवर्कका फोन पनि अनौठा खाले हुन्थे । तर जब मोबाइल नेटवर्कमा दोश्रो पुस्ताको प्रविधि भित्रियो अर्थात् टू जी आयो तब टेक्स्ट मेसेज अर्थात् एसएमएस सुरु भयो ।

टू जी सँगै मल्टिमिडिया मेसेज अर्थात् टू जी पनि भित्रियो । साथै मोबाइल फोनमा जिएसएम, जिपिआरएस तथा इडिजीइ जस्ता प्रविधि भित्रिए ।

सन् २००१ मा जब स्मार्टफोनको पहिलो तरंग बजारमा भित्रियो त्यससँगै थ्री जी प्रविधि पनि भित्रियो । थ्री जी मोबाइल नेटवर्कको डाटा स्पिड ०.२५ मेगाबाइट प्रतिसेकेण्ड हो । यो खासै तिव्र गतिको नभए पनि यसले इन्टरनेटलाई वायरलेस बनाइदियो र भिडियो कलिंगलाई सम्भव बनायो ।

जब मोबाइल गेमिंग नयाँ चरणमा प्रवेश गर्‍यो तथा मोबाइल डाटा स्पीड पनि तिव्र हुनुपर्ने महसुस भयो । त्यो सँगै फोर जी प्रविधि भित्रियो । एउटै फिल्म जुन थ्री जी डाटामा मोबाइलमा डाउनलोड गर्न ५ घण्टा लाग्छ, त्यो फोर जी नेटवर्कमा ८ मिनेटमै डाउनलोड हुन्छ । यद्यपि फोर जी नेटवर्क विश्वमा अहिलेसम्म पनि सबैतिर उपलब्ध छैन । भलै कतिपय ठाउँमा त टू जी पनि उपलब्ध छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x