Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुख्तर खामुदखानोभ एडीबीका नयाँ राष्ट्रिय निर्देशक

मुख्तर खामुदखानोभ एडीबीका नयाँ राष्ट्रिय निर्देशक

काठमाडौं, मंसीर ७ । एसियाली विकास बैंक (एडीबी) ले मुख्तर खामुदखानोभलाई नयाँ राष्ट्रिय निर्देशकको रुपमा नेपाल पठाएको छ । मुख्तरले नेपाल मिसनमा नियुक्त भएसँगै मस्यौदा हुन लागेको नयाँ राष्ट्रिय साझेदारी नीतिमा गृहकार्य गर्नेछन् । एडीबीले नेपाललाई राष्ट्रिय साझेदारी रणनीतिमा आधारित रहेर पूर्वाधार, मानव विकास, निजी क्षेत्रको प्रवद्र्धन तथा क्षेत्रीय एकीकरण र सामाजिक समावेशीताका दीर्घकालीन परियोजनाहरुमा सहयोग प्रदान गर्नेछ ।
‘एडीबीले नेपालका लागि सहयोग विस्तार गरिरहेको छ,’ नेपाल मिसनको राष्ट्रिय निर्देशकको जिम्मेवारी सम्हालेपछि उनले भने, ‘मेरो प्राथमिकता हाम्रो मुख्यालयसँग समन्वय गरी सरकारको विकास एजेण्डालाई सहयोग गर्ने र एडीबी र नेपालबीचको साझेदारीलाई प्रगाढ बनाउनेमा केन्द्रीत हुनेछ ।’
उज्वेकिस्तानका नागरिक खामुदखानोभ सन् २००१देखि एडबीसँग आवद्ध छन् । उनले यसअघि एडीबीको दक्षिण एसिया विभागमा उर्जा विज्ञको रुपमा काम गरेका थिए । एडीबीको ठूलो हिस्सा सहयोग सहरी विकास र उर्जा परियोजनासँग सम्बन्धित छन् । उनको कार्यकालमा यी क्षेत्रका परियोजनालाई तीव्रता दिन उनले भूमिका निर्वाह गर्नेछन् ।
यसअघिका राष्ट्रिय निर्देशक केनिची योकोयामा भने भारतको राष्ट्रिय निर्देशकका रुपमा सरुवा भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x