Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर बजारमा झिनो अंकको सुधार

शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं, १४ मंसिर । बुधबार १ अर्ब रुपैयाँभन्दा माथि कारोबार भएको शेयर बजारमा आज विहीबार सामान्य अंकले सुधार भएको छ । विहीबार शेयर बजारमा १.५३ अंकले सुधार भएर नेप्से परिसुचक १५३७.६७ विन्दुमा पुगेको छ ।

बुधबार १ अर्ब रुपैयाँभन्दा माथि कारोबार भए पनि विहिबार भने कारोबार रकम ७४ करोड ६८ लाख ३९ हजार २९२ रुपैयाँमा सिमित भएको छ । विहीबार १६४ कम्पनीहरुको १३ लाख ५२ हजार ६४८ कित्ता शेयर कारोबार भएको छ ।

शेयर बजारमा आज विहीबार उतारचढाप देखिएको छ । शेयर कारोबारको मध्ये दिनसम्ममा नकारात्मक बनेको नेप्से परिसुचक शेयर बजार बन्द हुने समयमा १.५३ अंकले बढेको छ । शेयर बजारमा कारोबार भएका ९ उपसुचकहरु मध्ये विकास बैंक ७.६७, वित्त कम्पनी ३.९७ र उत्पादन समुह ७.१५ अंकले तल झरेको छ । यस्तै वाणिज्य बैंक ०.०९, होटल समुह २५.८, जलविद्युत २१.९१, वीमा समुह २०.३७, अन्य समुह ०.८७ र लघुवित्त ६.०७ अंकले माथि उक्लेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x