Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सबै स्थानिय सरकार प्रविधि मैत्री बनाइदै

सबै स्थानिय सरकार प्रविधि मैत्री बनाइदै

काठमाडौं, १४ मंसिर । मुलुकको ७५३ वटै स्थानिय सरकारहरु एउटै सुचना प्रविधिको संजालमा आउने भएका छन् । संघिय मामिता तथा स्थानिय विकास मन्त्रालयले स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्राविधिक सहयोगमा मुलुकको ७५३ वटै स्थानिय सरकारको वेबसाइट, मोवाइल एप्स संचालनमा ल्याएको छ । यसरी वेवसाइट र मोवाइल एप्सहरुको संचालनले मुलुकको सम्पुर्ण स्थानिय सरकार एउटै संजालमा मिसिने भएको हो ।

मुलुकको सबै स्थानिय सरकारलाई सुचना प्रविधि मैत्री बनाउँदै विद्युतिय शासनलाई स्थापित गराउन वेबसाइट र मोबाइल एप्सलाई संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्ते सबै तहमा अनलाइन पहुँच र आवश्यक सुचना प्राप्ती र उपयोगका लागि वेबसाइट सहयोगी बन्ने बताइएको छ ।

यस्तै भौगोलिक रुपले विकट रहेको स्थानिय तहको सुचना प्राप्त गर्न सकिने र स्थानिय तहलाई जनता माझ अझै पुर्याउने सकिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x