Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीमा नयाँ कार्यसमिति

काठमाडौं, १८ मंसिर । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देही च्याप्टरमा सिए प्रेम भुर्तेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । संघको आइतबार सम्पन्न एक विशेष कार्यक्रमले भुर्तेलको संयोजकत्वमा सेक्रेटरी सिए प्रमोद पन्थी, कोषाध्यक्ष सिए छविलाल पोख्रेल निर्विरोध चयन गरेको छ ।

यस्तै सदस्यहरुमा सिए हरी लम्साल, सिए कमल ज्ञवाली, सिए प्रदिप भट्टराई, सिए दिपक अधिकारी रहेका छन् । कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेण्टस् संघका केन्द्रिय अध्यक्ष हरिकुमार सिलवालले संघले विश्वभरी छरिएर रहेका नेपाली चार्टर्ड एकाउन्टेन्टहरुलाई संगठित गर्ने कार्य गरेको बताए । उनले नेपालमा १२ देखी १५ सय लाईसेन्स प्राप्त चार्टर्ड एकाउन्टेन्टहरु उत्पादन गरेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x