Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सानिमा क्यापिटलको म्युचियल फण्ड भोलिसम्म

सानिमा क्यापिटलको म्युचियल फण्ड भोलिसम्म

काठमाडौं, १८ मंसिर । सानिमा क्यापिटलले निष्कासन गरेको सानिमा इक्विटी फण्ड नामक म्युचियल फण्ड योजनाको बिक्री खुल्ला भोलिसम्म हुने भएको छ । दुई दिन सार्वजनिक विदा भएको कारण यस योजनाको आवेदन भर्ने म्याद थपिएको हो ।

सानिमा क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईको उक्त योजना निष्कासन गरेको हो । यस योजना अन्तरगत क्यापिटलले १२ करोड इकाई मध्ये १५ प्रतिशत क्यापिटलको प्रवर्धक सानिमा बैंकको स्वमित्व रहने छ । बाँकी रहेको इकाई सर्वसाधारणहरुका लागि बिक्री गरिने छ । क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो ।

यो योजना बन्दमुखीे प्रकारको हो । यसको अवधि ७ वर्षको रहने क्यापिटले जनाएको छ । क्यापिटलले न्युनतम एक सय इकाई देखी अधिकतम २४ लाख इकाईसम्म लगानीकर्ताहरुले खरिद गर्न पाउने बताएको छ ।

आस्वा प्रणालीका सदस्यहरुले यो योजना खरिद गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x