Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीले पायो एफपिओको स्विकृति

प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीले पायो एफपिओको स्विकृति

काठमाडौं, १८ मंसिर । नेपाल धितोपत्र बोर्डले सोमबार दुई कम्पनीहरुलाई थप शेयर निष्कासन एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीलाई एफपिओ निष्कासनको लागि स्विकृति दिएको हो ।

प्रिमियर इन्स्योरेन्सले ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ६९९ रुपैयाँ प्रिमियममा सो शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको एफपिओ निष्कासन पछि संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत र सर्वसाधारणहरुको ४९ प्रतिशत हिस्सा चुक्ता पुँजीमा रहने छ । प्रिमियर इन्स्योरेन्सको एफपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यस्तै बुटवल पावर कम्पनीले ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४०१ रुपैयाँ प्रिमियममा थप शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले थप शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x