Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

८ अंक बढिले घटेको शेयर बजार बन्द हुँदा १.९ अंकले घट्यो

८ अंक बढिले घटेको शेयर बजार बन्द हुँदा १.९ अंकले घट्यो

काठमाडौं, १९ मंसिर । शेयर बजार मंगलबार पनि घटेको छ । मंगलबार शेयर बजारको परिसुचक १.९० अंकले घटेर १५२४.८७ विन्दुमा पुगेको छ ।
मंगलबार शेयर बजार खुल्ना साथ केहि सुधार भएको थियो । तर त्यस पछि घट्न थालेको शेयर बजार कारोबारको मध्ये दिनसम्ममा करिव ८.६८ अंकको गिरावट आएको थियो । त्यस पछि विस्तारै सम्हालिदै आएको शेयर बजारमा १.९० अंकको मात्र गिरावट देखियो । मंगलबार शेयर बजार समग्रमा ०.१२ प्रतिशतले घटेको छ ।

हिजो सोमबारको तुलनामा आज मंगलबार शेयर बजारमा कारोबार रकममा सुधार आएको छ । सोमबार ५४ करोड रुपैयाँ कारोबार भएकोमा आज मंगलबार कारोबार रकम ५७ करोड ७७ लाख ६४ हजार ४२६ रुपैयाँ पुगेको छ । मंगलबार दिनभरमा १६३ कम्पनीहरुको १० लाख ८२ हजार ३०८ कित्ता शेयरको किनबेच भएको छ ।

मंगलबार नेप्से परिसुचकसंगै १० वटै उपसुचकहरुको कारोबार भएको छ । जसमध्ये व्यापार, वीमा, उत्पादन र लघुवित्त समुहको परिसुचक सकारात्मक भएका छन् भने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत, होटल र अन्य समुहको परिसुचक नकारात्मक भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x