Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिखर इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरियो

शिखर इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरियो

काठमाडौं, १९ मंसिर । लाभांश प्रयोजनका लागि शिखर इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले शिखर इन्स्योरेन्सको प्रति शेयर १३७६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीको शेयर आधार मुल्य १५२५ रुपैयाँ रहेको छ ।

कम्पनी लगानीकर्ताहरुलाई २९ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयरका लागि कम्पनीले मंसिर २२ देखी पौष ७ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ । मंसिर २१ सम्ममा कम्पनीको शेयर किन्ने लगानीकर्ताहरुले २९ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

शिखर इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभा पौष ७ गते बस्ने भएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई २९ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कम्पनीले कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x