Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा नयाँ सिइओ

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा नयाँ सिइओ

काठमाडौं, २२ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा लीलामणी न्यौपानेलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयको सुचना कम्पनीले नेप्सेलाई गराएको छ । यस अघि न्यौपाने कम्पनीको महाप्रबन्धक थिए ।

यस्तै कम्पनीले हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सोमबार हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले १० बराबर ८.३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मुल्य भएको २८ हजार ६७ लाख २२ हजार ५६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको कम्पनीले जनाएको छ । यस हकप्रद शेयर निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x