Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कहिले बन्छ नयाँ सरकार ?

कहिले बन्छ नयाँ सरकार ?

काठमाडौं, २३ मंसिर । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। प्रारम्भिक नतिजासँगै भावी प्रधानमन्त्री र नयाँ सरकारबारे आमजनताले विभिन्न अड्कलबाजी गर्न थालिसकेका छन् ।

मतदानको एक साताभित्रै प्रत्यक्षतर्फका सबै परिणाम सार्वजनिक गर्ने गरी मतगणना गरिरहेको निर्वाचन आयोगले पुस दोस्रो साताभित्र सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने लक्ष्य राखेको छ ।राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेतालाई सोझै प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले राष्ट्रपतिसमक्ष अन्तिम परिणाम बुझाएलगत्तै नयाँ सरकार गठनको ढोका खुल्ने छ । सोही अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुन पुस तेस्रो साता कुर्नुपर्ने देखिन्छ ।

अन्तरिम संविधानमा जस्तै नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा पनि संसद्ले प्रधानमन्त्री निर्वाचित गर्नुपर्ने व्यवस्था गरेका कारण विगतमा सरकार परिवर्तन प्रक्रिया लामो हुन्थ्यो । संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये ११० सदस्य समानुपातिक कोटाबाट चयन हुने छन् । संघीय संसद्को तल्लो सदनमा कुनै एक दलले बहुमतका लागि १३८ सिट प्राप्त गर्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार नयाँ मन्त्रिपरिषद् प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री समेत गरी २५ सदस्यभन्दा ठूलो हुने छैन । संविधानको धारा ७६ को उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x