Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पुँजीवृद्धिका लागि एनसिसि बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

पुँजीवृद्धिका लागि एनसिसि बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २४ मंसिर । एनसिसि बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएको छ । बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको स्विकृतिका लागि आवेदन दिएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि बैंकले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको १९औं वार्षिक साधारण सभाले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । सो अनुसार बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

बैंकको हकप्रद शेयर निष्कासन पछि चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपैयाँबाट बढेर ७ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । बैंकलाई केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि १ अबृ रुपैयाँको आवश्यकता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x