Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राधि विद्युत कम्पनीको प्राथमिक शेयर पौष ३ गतेबाट

राधि विद्युत कम्पनीको प्राथमिक शेयर पौष ३ गतेबाट

काठमाडौं, २४ मंसिर । राधि विद्युत कम्पनीले सर्वसाधारणहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ६४ हजार ५५० कित्ता शेयर प्राथमिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले पौष ३ गतेदेखी प्राथमिक निष्कासनको बिक्री खुल्ला गर्ने जनाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि ४ लाख १० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक निष्कासन गरिसकेको छ । ४ लाख १० हजार कित्ता शेयरमध्ये माग हुन नआएको १ लाख ४९ हजार ५५० कित्ता शेयरलाई थप गरि कम्पनीले ७ लाख ६४ हजार ५५० कित्ता शेयर निष्कासन गर्दैछ । नत्र कम्पनीले ६ लाख १५ हजार कित्ता शेयर निष्कासने गर्ने बताएको थियो ।

कम्पनीले निष्कासन गर्ने लागेको ७ लाख ६४ हजार ५५० कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १५ हजार २९१ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३८ हजार २२८ कित्ता शेयर सामुहिक लगानी कोष प्रवद्र्धकहरुका लागि छुट्टाएको छ । कम्पनीले निष्कासन गरेको सो शेयरको बिक्री बन्द छिटोमा पौष ६ गते र ढिलोमा पौष १७ गते रहेको छ । यस प्राथमिक निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकत्तम ३ हजार आठ सय कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

राधि विद्युत कम्पनी लिमिटेडले लमजुङ जिल्लामा ४.४० मेगावाटको विद्युत उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x