Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता

काठमाडौं, २५ मंसिर । माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका हुन् ।

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजाल विस्तार गरेको छ । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीहरुले माछापुच्छ्रे बैंकको मुलुकभर संचालित ६२ शाखा, ५००० भन्दा वढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट रकम पठाउन सक्ने जानकारी बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x