Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

वायुसौर्य उर्जाबाट सिन्धुलीको हरिहरपुरगढिका स्थानिय लाभान्वित

वायुसौर्य उर्जाबाट सिन्धुलीको हरिहरपुरगढिका स्थानिय लाभान्वित

काठमाडौं, २६ मंसिर । सिन्धुली जिल्लाको हरिहरपुरगढिमा वायुसौर्य उर्जाबाट विद्युत उत्पादन गरिएको छ । एसियाली विकास बैंक एडिविको आर्थिक सहयोगमा सो विद्युत उत्पादन गरिएको हो ।

यस वायुसौर्य उर्जाबाट उत्पादित विद्युतबाट त्यस क्षेत्रको ८३ घरपरिवार लाभान्वित भएका छन् । उक्त उर्जाबाट दैनिक ११० किलोवाट प्रति घण्टा क्षमताको विद्युत उत्पादन हुने जनाइएको छ । साथै त्यस क्षेत्रमा देनिक ८७ किलोवाट प्रतिघण्टाको विद्युत माग रहेको छ ।

यो परियोजना नेपाल सरकारको वैकल्पीक उर्जा प्रबर्धन केन्द्र र एसियाली विकास बैंक दुबैंको सहयोगमा निर्माण गरिएको हो । यस परियोजना १६.२ मिलियन अमेरिकी डलरको लागतमा निमार्ण भएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x