Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

परिसंघका पदाधिकारी र राजदूत भेरोनीका कोडि बीच भेटवार्ता

परिसंघका पदाधिकारी र राजदूत भेरोनीका कोडि बीच भेटवार्ता

काठमाडौं, २६ मंसिर । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको आर्थिक विकास र व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग बताएकी छिन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटवार्ताको क्रममा राजदूत कोडिले बताएकी हुन् ।

भेटवार्ताको क्रममा राजदूत कोडिले नेपालमा हालै सम्पन्न केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनपछि देश विकासको सम्भावना र लगानीकर्ताहरुमा विश्वास बढेको आफूले महशुस गरेको बताइन । यस्ते उनले नेपालको स्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनको तर्फबाट सहयोग विस्तार हुने बताएकी छिन् । राजदूत कोडिले नेपालमा युरोपियन युनियन बैँक सञ्चालनको सम्भावनाको समेत अध्ययन गरिने भएको र यस सन्दर्भमा सम्बन्धित टोलिले निकट भविष्यमा नेपालमा भ्रमण गर्ने कार्यक्रम भएको जानकारी दिइन् ।

सो भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई नै अबको सरकार र राजनीतिकदलले प्राथमिकतामा राखेको पाइएकोले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने अपेक्षा परिसंघले लिएको राय व्यक्त गरेका थिए ।

भेटवार्ताको क्रममा अध्यक्षशर्माले परिसंघले विगत ३ वर्षदेखि युरोपियन युनियनको सहयोगमा नेपालको निकासी प्रवद्र्धनको उद्देश्यले स–साना परियोजनाका साथै दुईवटा पूर्वाधार सम्मेलन समेत सफलता पूर्वक सम्पन्न गरेको उल्लेख गदै उद्योगको उत्पादन वृद्धि, गुणस्तर सुधार गर्ने उद्देश्यले “औद्योगिक एक्सिलेन्स केन्द्रको सञ्चालनको काम अघि बढाउने गरी कार्यक्रम समेत सञ्चालन गरेको सन्दर्भमा युरोपियन दूतावासबाट समेत सहयोगको व्यवस्थाको लागि राजदूत समक्ष प्रस्ताव गरेका थिए ।

उक्त भेटवार्ताको अवसरमा परिसंघका पदाधिकारीहरु र गभर्निङ्ग काउन्सीलका सदस्यहरु समेतको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x