Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल व्यवस्थापन संघले माग्यो उत्कृष्ट प्रबन्धकहरुको मनोनयनका लागि सहभागिहरुको नाम

नेपाल व्यवस्थापन संघले माग्यो उत्कृष्ट प्रबन्धकहरुको मनोनयनका लागि सहभागिहरुको नाम

काठमाडौं, २६ मंसिर । नेपाल व्यवस्थापन संघले म्यानेजर अफ द एयर २०१७ र बोमन म्यानेजर रिकोकनिसन अवार्ड २०१७ को मनोनयनका लागि सहभागिहरुलाई आव्हान गरेको छ ।

यस अवार्डको मनोनयनका लागि संघले पुरुष तर्फमा प्रमुख कार्यकारी अधिकृतको पदमा दुई वर्ष कार्य गरेको हुनु पर्ने प्रावधान राखेको छ । यस्तै महिला तर्फमा भने प्रमुख कार्यकारी अधिकृत वा वरिष्ठ प्रबन्धकमा दुई वर्ष कार्य गरेको हुनुपर्ने बताएको छ । यस अवार्डका लागि नेपालको सार्वजनिक, निजी, गैर सरकारी र नागरिक समाजको क्षेत्रमा कार्यरतहरुले सहभागिता जनाउन पाउने संघले जनाएको छ ।

सहभागिहरुले आगामी पौष २६ गतेसम्ममा आफ्नो नाम दाखिल गरिसक्नुपर्ने संघले जनाएको छ । संघले विगतका केहि वर्ष देखी उत्कृष्ट प्रबन्धकहरुलाई यस अवार्डबाट सम्मान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x