Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रद पौष १७ देखी

सांग्रिला डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रद पौष १७ देखी

काठमाडौं, २८ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकको १ बराबर ०.८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर पौष १७ गते देखी बिक्री खुल्लो हुने भएको छ । बैंकले १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब ८ करोड ६७ लाख ७९ हजार ८५० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । बैंकको १२औं वार्षिक साधारण सभाले १ बराबर ०.८ कित्ता हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो ।

बैंकले जारी गरेको हकप्रद शेयर पछि चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । बैंकले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएकोले बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको प्रति शेयर २३० रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको आधार शेयर मुल्य २९८ रुपैयाँ रहेको छ ।

बैंकले निष्कासन गर्ने लागेको हकप्रश शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द माघ २१ गते रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x