Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सान्जेनले पायो आइपिओको अनुमति

सान्जेनले पायो आइपिओको अनुमति

काठमाडौं, २९ मंसिर । सान्जेन जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर २६ गते प्राथमिक शेयर निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले ८७ लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्कासनको अनुमति पाएको हो । जसअनुसार सान्जेनले एक सय रुपैयाँ अंकित मुल्य भएको ८७ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक निष्काशन गर्नेछ । यस प्राथमिक निष्कासनमा कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन्।

सान्जेनको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–निष्कासशन तथा बिक्री प्रबन्धकमा एन।सी।एम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x