Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उन्नती माइक्रोफाइनान्सको आइपिओ स्विकृत

उन्नती माइक्रोफाइनान्सको आइपिओ स्विकृत

काठमाडौं, २ पौष । नेपाल धितोपत्र बोर्डले उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थालाई प्राथमिक शेयर निष्कासनको लागि स्विकृति दिएको छ । माइक्रोफाइनान्सले १ लाख ६५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

उन्नती माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको १ करोड ६५ लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्ने भएको छ । संस्थाको प्राथमिक निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ । प्राथमिक निष्कासन पछि संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ पुग्ने छ । संस्थाको हाल चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । संंस्थाले प्राथमिक शेयर निष्कासनको लागि धितोवोर्डले मंसिर २९ गते स्विकृति दिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x