Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्र बैंकले दियो डिप्रोक्सलाई ३१ प्रतिशत लाभांशको स्विकृति

राष्ट्र बैंकले दियो डिप्रोक्सलाई ३१ प्रतिशत लाभांशको स्विकृति

काठमाडौं, २ पौष । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त विकास बैंकलाई ३१ प्रतिशत लाभांश वितरणको स्विकृति दिएको छ । बैंकको मंसिर ११ गते बसेकोे संचालक समितिको २०९औं बैठकले शेयरधनीहरुलाई ३१ प्रतिशतको लाभांश दिने निर्णय गरेको थियो ।

बैंकले प्रस्ताव गरेको ३१ प्रतिशत लाभांश मध्ये १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांश दिने बताएको छ । बैंकले गत आर्थिक वर्षमा २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपेयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x