Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हकप्रद शेयर निष्कासनको लागि कामना सेवा विकास बैंकले दियो आवेदन

हकप्रद शेयर निष्कासनको लागि कामना सेवा विकास बैंकले दियो आवेदन

काठमाडौं, २ पौष । कामना सेवा विकास बैंकले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा स्विकृतिको लागि आवेदन दिएको छ । बैंकले १० बराबर १.५ कित्ता हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३० करोड ९४ लाख १५ हजार ४७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयरको पुँजीकरण पछि बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन १४ करोड रुपैयाँको आवश्यकता पर्नेछ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x