Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आरविवि मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

आरविवि मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

काठमाडौं, ३ पुस । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. रमेश कुमार भण्डारी नियुक्त भएका छन् । डा. भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गरिएको हो ।

उनले पूंजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरेको अनुभव पनि भण्डारीसंग छ ।

२०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूंजी रु.१० करोड रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x