Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक विकासमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीलाई निजी क्षेत्रको सुझाव

आर्थिक विकासमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीलाई निजी क्षेत्रको सुझाव

काठमाडौं, ३ पुस । निजी क्षेत्रका विभिन्न संस्थाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिदैं मुलुक राजनीतिक स्थिरतासहित आर्थिक विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, ग्रील व्यवसायी महासंघले छुट्टा–छुट्टै भेटेर ओली समक्ष मुलुक आर्थिक विकासतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरेका हुन् ।

परिसंघले करिव एक शताब्दीपछि मुलुकलाई रुपान्तरण सहित अर्को तहको विकासमा पुर्‍याउने अवसर आगामी सरकारलाई प्राप्त भएको भन्दै निजी क्षेत्रलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउनुपर्ने जनाएको छ ।

निजी क्षेत्रले आगामी सरकारले विरोधाभाषपूर्ण कानून संशोधन गर्नुपर्नेमा पनि अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको छ ।
भेटमा अध्यक्ष ओलीले लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव भएको भन्दै अब बन्ने सरकारले बाह्य र आन्तरिक दुबै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता प्रदान गर्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x