Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

क्रिशमस र नयाँ वर्षको अवसरमा होटल र्याडिसनले खानामा छुट सहित सांगितिक कार्यक्रम आयोजना गदै

क्रिशमस र नयाँ वर्षको अवसरमा होटल र्याडिसनले खानामा छुट सहित सांगितिक कार्यक्रम आयोजना गदै

काठमाडौं, ५ पुस । इसाई धमावलम्बीहरुको महान चाड क्रिशमस तथा अंगेजी नयाँ वर्ष २०१८ को स्वागतका लागि होटल र्याडिसनले विशेष प्याकेज सहितको सांगितिक कार्यक्रम आयोजना गर्दै छ ।

डिसेम्बर २५ मा पर्ने क्रिशमस र नयाँ वर्षको अवसरमा डिसेम्बर ३१ तारिखमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन गराउन होटलले खानामा विशेष छुट सहितको संस्कृति कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइएको छ । क्रिसमसमा होटलले ओलिभ गाडेन र द फन क्याफेमा विशेष छुटमा विभिन्न परिकारका खानाको स्वादहरु चखाउने छ । त्यस्तै ३१ डिसेम्बरमा विशेष छुटमा खानाको स्वाद चखाउनुका साथै सांगितिक कार्यक्रम समेत आयोजना गर्ने होटलको सेल्स एन्ड मार्केटिङ सहायक प्रबन्धक अनु पराजुलीले जानकारी दिइन । सो दिन रागमनि व्यान्डले विशेष प्रस्तुती दिने छन् ।

पश्चिमा संस्कृतिको रुपमा लिइने क्रिशमस र अंग्रेजी नयाँ वर्षले पछिल्लो समय नेपालीहरुमा पनि विशेष महत्व राखेको पाइन्छ । यी दिनमा नेपालीहरु पनि एक आपसमा शुभकामना साटासाट गर्दै रमाईलो गरेर मनाउने गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x