Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केयर रेटिङ नेपाल संचालनमा

केयर रेटिङ नेपाल संचालनमा

काठमाडौं, ७ पौष । केयर रेटिङ्स नेपाल प्रालिले औपचारिक कारोबार शुरु गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमकाबीच औपचारिक कारोबार शुरु गरिएको जानकारी दिएको हो ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले क्रेडिट रेटिङ बैङ्क तथा वित्तीय संस्थामा अनिवार्य गर्नुपर्ने बताए ।

नयाँ रेटिङ कम्पनीको शुरुवातसंगै ईक्रा नेपालको एकलौटी ब्यवसायमा प्रतिस्पर्धासमेत थपिएको छ। कम्पनीले  साधारण सेयर (आइपिओ)को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामूहिक लगानी कोष (म्युचुअल फण्ड), अग्राधिकार सेयर निष्कासन गर्ने कार्यका लागिसमेत स्तर निर्धारण गर्ने केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जानकारी दिए । इन्स्योरेन्स कम्पनी, सम्पत्ति व्यवस्थापन सम्बन्धी कम्पनीहरु एवम् साना तथा मझौला उद्यमहरुको समेम रेटिङ गर्ने बताए । कम्पनीमा भारतीय कम्पनी केयर इण्डियाको ५१ प्रतिशत र अन्य नेपाली लगानीकर्ताको लगानी रहेको छ । नेपाली लगानीकर्ताहरुमा इमर्जिङ नेपाल लिमिटेड र बिशाल ग्रुपको १०१० प्रतिशत, अर्पित अग्रवालको ९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई, प्रुडेन्सियल लाईफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५/५ प्रतिशत लगानी रहेको छ । कम्पनीको संचालक समिति अध्यक्ष एसबी मैनाक, निर्देशकहरूमा राजेश मोकाशी, मेहुल पाण्डे र डा. विनोद आत्रेय रहेका छन् । कम्पनीको सीईओमा साजन गोयल रहहेका छन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x