Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पोखरा फाइनान्सले तोक्यो बुक क्लोजको मिति

पोखरा फाइनान्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं, ७ पौष । पोखरा फाइनान्सले पौष १४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । फाइनान्सले १ बराबर ०.१५ कित्ता अर्थात १५ प्रतिशत हकप्रद शेयर निष्कासनको गर्ने भएपछि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

फाइनान्सलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट पौष ४ गते स्विकृति पाएको हो । फाइनान्सको शेयर पौष १३ गतेसम्ममा किन्ने शेयरधनीहरुले १५ प्रतिशत हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

पोखरा फाइनान्सको २०औं वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । हकप्रद शेयरको पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख रुपैयाँबाट बढेर ७५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । फाइनान्सले यस अघि एपिओमार्फत चुक्ता पुँजी वृद्धि गरेको थियो । यद्यपी फाइनान्सलाई तोकिएको चुक्ता पुँजी पुर्याउन थप ४ करोड ६० लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । राष्ट्र बैंकको अनुसार राष्ट्रिय स्तरको वित्त कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x