Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल बैंकका अध्यक्षले लिए सपथ ग्रहण

सिभिल बैंकका अध्यक्षले लिए सपथ ग्रहण

काठमाडौं, ७ पौष । सिभिल बैंकको संचालक समितिको अध्यक्षमा इच्छाराज तामाङलाई नियुक्त गरेको छ । बैंकको पौष ३ गते वसेको संचालक समितिको २३३ औं बैठकले तामाङलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

इच्छाराज तामाङले सिभिल बैंकको अध्यक्षको कार्यभार सम्हाले लगत्तै जिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालबाट सपथ ग्रहण गरेका छन् ।

यस बैंकले चुक्ता पुँजी वृद्धिका लागि मंसिर २२ गतेदेखि ४० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनका लागि बैंकले पुँजीकोषमा रहेको रकम र गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर दिने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x