Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पहिलो चौमासिकमै व्यापार घाटा ३१० अर्ब रुपैयाँ

पहिलो चौमासिकमै व्यापार घाटा ३१० अर्ब रुपैयाँ

काठमाडौं, पुस ९ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ११.२३ प्रतिशतले बढेर ३१० अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २७७ अर्ब रुपैयाँ रहेको थियो । कमजोर निर्यातको तुलनामा आयात उच्च रुपमा वृद्धि हुँदै गएपछि व्यापार घाटा चुलिदैं गएको हो । भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल ३३६ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भई २६ अर्ब ३३८ अर्ब रुपैयाँ निर्यात भएके छ ।
समीक्षा अवधिमा निर्यात आयात अनुपात गत वर्षभन्दा बढेको छ । नेपालले प्रत्येक एक रुपैयाँको निकासी गर्दा झण्डै १३ रुपैयाँ बराबरको आयात गर्छ अर्थात् निर्यात्को तुलनामा आयात १३ गुणाले बढी छ । समीक्षा अवधिमा आयात ११.५२ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ७.७ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x