Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार कम्पनीको मुल्य समायोजन

काठमाडौं, ११ पौष । नेपाल स्टक एक्सचेन्जले चार कम्पनीहरुको शेयर मुल्य समायोजन गरेको छ । शेयर मुल्य समायोजन हुने कम्पनीहरुमा हिमायलन बैंक, जनता बैंक, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स हुन् । लाभांश प्रयोजनका लागि नेप्सेले यी कम्पनीहरुको शेयर मुल्य समायोजन गरेको हो ।

हिमालयन बैंकः २५ प्रतिशत बोनस शेयर घोषणा गरेको हिमालयन बैंकको शेयर मुल्य ६७१ रुपैयाँमा भएको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य ८५९ रुपैयाँ रहेको छ । बैैंकले पौष २८ गते २५औ. वार्षिक साधारण सभा बोलाएको छ । उक्त वार्षिक साधारण सभामा बैंकले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले पौष ११ देखी २८ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

जनता बैंक नेपालः जनता बैंकको शेयर २०४ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । बैंकले १४.४ प्रतिशत बानेस शेयर दिने भएकोले शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य २५३ रुपैयाँ रहेको छ ।

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकः शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन गरिएको छ । नेप्सेले बैंकको प्रति शेयर मुल्य ३१३ रुपैयाँमा समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ३२० रुपैयाँ रहेको छ । बैंकले आफ्नो नवौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई लाने भएको छ । बैंकले बोनस शेयर दिए पछि बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

किसान माइक्रोफाइनान्सः लाभांश प्रयोजनका लागि किसान माइक्रोफाइनान्सको शेयर मुल्य समयोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले माइक्रोफाइनान्सको प्रति शेयर १९६५ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार माइक्रोफाइनान्सको शेयर आधार मुल्य १९२१ रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले पौष २४ गते पाँचौं वार्षिक साधारण सभा राख्ने भएको छ । उक्त साधारण सभामा माइक्रोफाइनान्सले बोनस शेयर र हकप्रद शेयरको प्रस्ताव लाने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x