Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से २१.५३ अंकले तल, कारोबार रकम भने बढ्यो

नेप्से २१.५३ अंकले तल, कारोबार रकम भने बढ्यो

काठमाडौं, १२ पौष । साताको चौथौ दिन बुधबार पनि शेयर बजारको परिसुचकमा गिरावट आएको छ । पछिल्लो केहि दिन नेप्से परिसुचक निरन्तर घटिरहेको छ ।

बुधबार नेप्से परिसुचक २१.५३ अंकले घटेर १४२५.५१ विन्दुमा पुगेको छ । २०७३ सालको चैत्र ७ गते नेप्से १४२४.३८ विन्दुमा रहेको थियो । यस्तै २०७३ साल चैत्र २९ गते नेप्से १७०९.१२ विन्दुमा पुगेर अहिले १४२५.५१ विन्दुमा आएको छ । यसरी दोहोरो अंकको गिरावटले शेयरलगानीकर्ताहरुमा निरासा उत्पन्न भएको छ ।

विशेष गरि नेप्सेमा सुचिकृत कम्पनीहरुले गरेको लाभांश घोषणा, वार्षिक साधारण सभाको मिति तय र हकप्रद शेयर निष्कासनका कारण शेयर दर्ता पुस्तिका बन्दको मिति तोक्ने क्रम बढेको छ । शेयर दर्ता पुस्तिका बन्दको कारण शेयर बजारमा कारोबार रकममा वृद्धि भएको छ । तर लाभांश घोषणा र हकप्रद शेयरका कारण भने शेयर बजारको परिसुचकमा गिरावट आएको बताइएको छ । बोनस शेयर र हकप्रद शेयर निष्कासनको घोषणाले बजारमा शेयरको आपुर्ति बढ्ने हुन्छ, सोहि कारण पनि शेयर मुल्यमा कमी आएको हो । यस्तै शेयर दर्ता किताव बन्दको प्रक्रियाले हकप्रद र बोनस सुरक्षित गर्ने हुन्छ । यता बोनस शेयर र हकप्रद शेयर जारी र त्यस पछिको मुल्य समायोजनले पनि शेयर बजारको परिसुचकमा प्रभाव पार्ने देखिन्छ ।

शेयर बजारमा आज १५६ कम्पनीहरुको १३ लाख ५८ हजार ३२ कित्ता शेयरको किनबेचबाट ७५ करोड ८९ लाख ३४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x