Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुग्लिन–नारायणगढ सडकमा पुस १८ देखि राति यातायात बन्द गरिने

मुग्लिन–नारायणगढ सडकमा पुस १८ देखि राति यातायात बन्द गरिने

काठमाडौं, १३ पुस । नारायणगढ–मुग्लिन सडकखन्डमा आँउदो १८ गतेदेखि रातिको समयमा यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो ।

काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घन्टा र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाए सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत प्राधिकरणसँग समन्वय गरी उँज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस सडकखण्डको हालसम्म पहिलो खन्डमा ६८ प्रतिशत, दोस्रो खन्डमा ७४ प्रतिशत र तेस्रो खन्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ ।उक्त सडकखन्डको १६ किलो र २२ किलोमा ५०० मिटर र ३३ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकीछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x