Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सञ्चालक समितिलाई धन्यवाद दिदैं शाह नबिल बैंक छिरे, सेञ्चुरीसँगको ‘डिल’बारे मौन

सञ्चालक समितिलाई धन्यवाद दिदैं शाह नबिल बैंक छिरे, सेञ्चुरीसँगको ‘डिल’बारे मौन

काठमाडौं, पुस १४ । नबिल बैंकबाट बाहिरिएको आठ वर्षपछि अनिलकेशरी शाह पुनः नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । बैंक तथा वित्तिय संस्था ऐनको प्रावधान अनुसार दुई कार्यकाल (आठ वर्ष) मेगा बैंकमा बिताएपछि उनी सेञ्चुरी बैंकको सीईओ बन्ने भएका थिए । यसका लागि सेञ्चुरीसँग उनको ‘डिल’ भैसकेको थियो । मंसीरबाट मेगा बैंकमा कार्यकाल सकिएपछि उनी सेञ्चुरी बैंकको सीईओ बन्ने तय भएको थियो । मासिक १२ लाख रुपैयाँ पारिश्रमिक तय भएपनि केन्द्रीय बैंकको निर्देशन अनुसार सेञ्चुरी बैंकको वासलात अनुसार उनको मासिक तलब ९ लाख रुपैयाँमा सीमित हुने थियो ।
तर यसैबीच सशीन जोशीले नबिल बैंक छाडेपछि शाहका लागि नबिल बैंक छिर्ने बाटो खुलेको हो । उनले फेसबुकमा स्ट्याटस लेखेर सञ्चालक समितिलाई धन्यवाद दिएका छन् र अंग्रेजी क्यालेण्डरको नयाँ वर्षबाट नबिल बैंकसँग आवद्ध हुने पनि उल्लेख गरेका छन् । तर सेञ्चुरीसँगको ‘डिल’बारे भने उनले मौनता राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x