Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अहिलेसम्मकै धेरै वैदेशिक सहयोग प्राप्ति

अहिलेसम्मकै धेरै वैदेशिक सहयोग प्राप्ति

काठमाडौं, पुस १७ । गत आर्थिक वर्ष २०७३—७४ मा नेपालले अहिलेसम्मकै धेरै वैदेशिक सहयोग प्राप्त गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन अनुसार, वैदेशिक सहयोग प्राप्ति अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भई गत आर्थिक वर्षमा एक अर्ब ३९ करोड डलर प्राप्त भएको छ । पछिल्लो ६ वर्षमा वार्षिक वैदेशिक सहयोग प्राप्ति ९६ करोड डलर देखि एक अर्ब १० करोड डलरसम्म देखिन्छ ।
पुनर्निर्माण सम्बन्धि परियोजनाहरु तथा अन्य दातृ निकाय सहयोगका परियोजना सम्पन्न भएसँगै नेपालले प्राप्त गर्ने वैदेशिक सहयोग बढेको हो । प्रतिवेदनका अनुसार कुल एक अर्ब ३९ करोड डलरमध्ये ४१.७६ प्रतिशत सहायता अनुदानमार्फत् आएको हो भने ३९.३६ प्रतिशत ऋण सहयोग र १८.८८ प्रतिशत प्राविधिक सहायताका रुपमा भित्रिएको हो ।
समीक्षा वर्षमा बहुपक्षीय विकास साझेदारहरुतर्फ सबैभन्दा बढी सहयोग दिनेमा विश्व बैंक रहेको छ । विश्व बैंकले ३४ करोड ५९ लाख डलर सहायता दिएको छ भने एसियाली विकास बैंकले २५ करोड ३९ लाख डलर र संयुक्त राष्ट्र संघले १२ करोड ७ लाख डलर र युरोपेली संघले ८ करोड ३९ लाख डलर भुक्तानी दिएका छन् ।
त्यस्तै द्विपक्षीय दातृ निकायतर्फ अमेरिकी सहयोग नियोगले १३ करोड ४० लाख डलर, बेलायतले १२ करोड ८३ लाख, जापान सरकार तथा जापान अन्तर्राष्ट्रि सहयोग संस्थाले ७ करोड ७६ लाख, भारत ५ करोड ९२ लाख तथा चीनबाट ४ करोड १२ लाख डलर सहयोग प्रदान भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x