Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विश्वको सर्वोच्च शिखर सगरमाथामा ३२३ महिलाले पाइला राखे, कुन देशका कति ?

विश्वको सर्वोच्च शिखर सगरमाथामा ३२३ महिलाले पाइला राखे, कुन देशका कति ?

काठमाडौं, २० पुस । जापानकी जुन्को तावेईले ३६ वर्षको उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर प्रथम सगरमाथा ओरोही महिलाको रेकर्ड राखेकी थिइन । तावेईले आरोहण गरे यता सन् २०१६ सम्ममा विश्वका तीन सय २३ महिलाले सगरमाथाको आरोहण गरेका छन् ।

महिला आरोहीहरुको संख्यामा भारत सबैभन्दा अगाडि छ । पर्यटन विभागका अनुसार सन् १९८४ मा बेचेन्द्रिपालले आरोहण गरेयता भारतका ५८ महिलाले आरोहण गरिसकेका छन् । त्यस्तै नेपालको तर्फबाट भने सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले आरोहण गरेर पहिलो सगरमाथा आरोही महिलाको रेकर्ड बनाएकी छिन् । पासाङल्हामु सहित हाल सम्म नेपालका २२ महिलाले आरोहण गरेका छन् ।

नेपाली महिलाहरुमा लाक्पा शेर्पा, पेमाडोमा शेर्पा, मोनी मुलेपती, सुस्मिता मास्के, माया, गुरुङ, निशा अधिकारी, बिना मगर, पेमा शेर्पा, पुजा आचार्य, शैली बस्नेत, उसा विष्ट, छुरिम शेर्पा, निगिम शेर्पा, माया शेर्पा, जुनिता सम्वाहाम्फे, नवाङफुटी शेर्पा, आशाकुमारी सिंह, छुनु श्रेष्ठ, निमाडोमा शेर्पा लगायत छन् ।

त्यस्तै अमेरिका ४७, क्यानडाका १२, जापानका १३, चीनका ८, कोरियाका २ , स्पेनका २ जना महिलाले पनि आरोहण गरेका छन् । महिला आरोहीहरुको सूचीमा डेनमार्क, अष्ट्रेलिया, स्विडेन, सिंगापुर लगायतका महिलाहरु पनि छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x