Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

क्रिष्टल ब्राण्डका विद्युतीयउत्पादन नेपाली बजारमा

क्रिष्टल ब्राण्डका विद्युतीयउत्पादन नेपाली बजारमा

काठमाडौं, २० पौष । गोल्छा समुह अन्तरगतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्ीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्स को बिक्री बितरण सुरु गरेको हो ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रा लिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ ।आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि(कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिका यी साधानले विद्युत महशुल न्युनिकरणमा सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ ।

आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x