Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टूर एन्ड ट्राभल व्यवसायीलाई लाग्यो चुनाव, अध्यक्षमा पाण्डे र गुरागाईको दाबेदारी

टूर एन्ड ट्राभल व्यवसायीलाई लाग्यो चुनाव, अध्यक्षमा पाण्डे र गुरागाईको दाबेदारी

काठमाडौं, २१ पुस । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागि आँउदो पुस २८ गते साधारण सभा हुदैछ । साधारण सभाको मिति नजिकिएसँगै नाट्टामा कसको नेतृत्वमा नयाँ कार्यसमितिले चयन गर्ने बारे पर्यटन व्यवसायीहरु बीच छलफलमा जुटेका छन् ।

अहिले सम्म अध्यक्षका लागि सम्राट ग्रुपका अध्यक्ष सिएन पाण्डे र सिएन स्काई टुरका सञ्चालक अच्युत गुरागार्इंको नाम चर्चामा छ । उनीहरु दुबै जना प्यानल निर्माणका लागि आपसी छलफलमा जुटेको बुझिएको छ । पाण्डेलाई बाम गठबन्धन र गुरागाईलाई लोकतान्त्रिक पर्यटन व्यवसायीहरुले अध्यक्षमा सघाउने बताइएको छ ।

पाण्डेले पर्यटन उद्योलाई बढावा दिने, जहाजकोे संख्यामा बढोत्तरी गर्न पहल गर्ने, एयरपोर्टको स्तरउन्नतीका साथै पर्यटक आगमन बढाउने आफ्नो प्रमुख एजेन्डा भएको बताए । उनले आफ्नै नेतृत्वमा सहमतिय नेतृत्व चयन हुने दाबी पनि गरे । त्यस्तै अर्का दाबेदार गुरागाईले पनि नाट्टाले अघि बढाएका तर अपूरा कामलाई पूर्णता दिने , व्यवसायीका समस्या समाधान गर्ने पर्यटकीय पूर्वाधार निर्माण सँगै अन्तराष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार गर्दै पर्यटक आगमन बढाउने प्रमुख एजेन्डा भएको बताए ।

नाट्टामा ४ सय ४७ जना मतदाता छन् । व्यवसायीहरुले भने राजनीति भन्दा पनि व्यवसायीक नेतृत्वको खाचो रहेको भन्दै सहमतिय आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले व्यवसायीक संघसंस्थामा राजनीतिक आस्थाका आधारमा निर्वाचन भन्दा पनि सहममतिय आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै त्यसको थालनी नाट्टाबाट सुरुवात गर्ने गरि आफुहरुले पहल थाली रहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x