Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुन तोलाको ५६ हजार एक सय, डलर कमजोर बन्दै

सुन तोलाको ५६ हजार एक सय, डलर कमजोर बन्दै

काठमाडौं, २४ पौष । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । पौष महिना लागे यता स्थानिय बजारमा सुनको मुल्यमा वृद्धि आएको हो ।
सोमबार स्थानिय बजारमा सुन प्रति तोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबारको तुलनामा सोमबार स्थानिय बजारमा सुनको मुल्य एक सय रुपैयाँले घटेको हो । आइतबार सुन प्रति तोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । पौष २ गतेको तुलनामा आज पौष २४ गतेसम्म सुन प्रति तोला १ हजार आठ सय रुपैयाँले बढेको छ । पौष २ गते स्थानिय बजारमा सुन प्रति तोला ५४ हजार तिन रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा समेत यसको प्रभाव परेको हो । पछिल्लो ३० दिनमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स ७६.६० अमेरिकी डलरले बढेको छ । यद्यपि आज सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा कमी आएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रति आउन्स १३१८.५६ अमेरिकी डलरमा कारोबार भएको छ । यता अमेरिकी डलर कमजोर बन्दै गएपछि सुन तर्फको लगानीमा आकर्षण बढ्दै गएको छ । सोहि कारण सुनको मुल्यमा वृद्धि आएको हो । यस्तै सुनको मुल्यलाई वृद्धि गर्न सहयोग पेट्रोलियम पद्धार्थले समेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा सुनको मुल्यमा वृद्धि हुन जान्छ । यस्तै पेट्रोलियम पद्धार्थको मुल्यमा आएको वृद्धिले समेत सुनको मुल्यलाई बढाउने गर्दछ । सुन उत्सर्जन गर्न पेट्रोलियम पद्धार्थको प्रयोगको कारणले समेत पेट्रोलियम पद्धार्थको मुल्यमा आएको वृद्धिले सुनको मुल्य स्वभाविक बढाउन हुन्छ ।

यता स्थानिय बजारमा आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको सटही मुल्य १०१.६९ रुपैयाँ कायम गरेको छ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ मजबुत बन्दै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x