Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले स्वीकृत गर्यो एनसेलको आठ अर्ब लाभांश फिर्ता

राष्ट्र बैंकले स्वीकृत गर्यो एनसेलको आठ अर्ब लाभांश फिर्ता

काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकले दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रस्ताव गरेको आठ अर्ब रुपैयाँ लाभांश फिर्ता प्रस्ताव स्वीकृत गरेको छ । कर चुक्ता विवादका कारण रोकिएको आर्थिक वर्ष २०७२—७३ को लाभांश सर्वोच्च अदालतको गत पुस ९ को फैसलापछि बाहिरिन लागेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बुधबार आठ अर्ब रुपैँया लाभांश फिर्ता लैजाने एनसेलको प्रस्ताव स्वीकृत गरी गभर्नरकहाँ अन्तिम स्वीकृतिको लागि पठाएका छन् । राष्ट्र बैंकको स्वीकृतिपछि एनसेलको स्वामित्वकर्ता एक्जियाटाले लाभांशमा लाग्ने ५ प्रतिशत रोयल्टी चुक्ता गरी ७ अर्ब ६० करोड रुपैँया बराबरको विदेशी मुद्रा फिर्ता लैजानेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x